कांग्रेस सांसद बडूद्वारा चीनको जिएसआईमा नेपाल सहमत भएको भन्ने विषयमा सरकारसँग जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)मा नेपाल सहमत भएको भन्ने विषयमा सरकारसँग जवाफ माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद बडूले छलफल नै नभएको भनिएको विषयमा नेपाल सहमत भएको भनी चिनियाँ पक्षले जारी गरेको विज्ञप्तिमा कसरी आयो ? भन्दै प्रश्न गरका हुन् ।

उनले भने, ‘छलफलको एजेन्डामा नै नआएको भनिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा उल्लेख भएर आयो । किन र कसरी ? यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्छ ।’

Published : Wednesday, 2025 September 3, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया