इटहरीमा मोहन दंगालको घरमा प्रहरी छापा, ६ जना पक्राउ

इटहरी । जिल्ला प्रहरी कार्यालय, सुनसरीले इटहरी उपमहानगरपालिका–२ मा रहेको मोहन दंगालको घरमा छापामारेको छ ।

प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका–२० बस्ने ४६ वर्षीय कृष्णकुमार राई समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ११ हजार रूपियाँ र १ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

घटनाका सम्बन्धमा सुनसरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय, नक्सालबाट बुधबार जारी बुलेटिनमा उल्लेख छ ।

Published : Wednesday, 2025 September 3, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया