सभापति त्यागेका खतिवडाद्वारा आफूले भनेअनुसार निजामती विधेयक पारित भएपछि खुसी व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद रामहरि खतिवडाले कुलिङ अफ पिरियडमा दुई वर्षको व्यवस्थासहित राष्ट्रिय सभाबाट पारित भएको निजामती विधेयकको स्वागत गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति खतिवडाले कुलिङ अफ पिरियडको व्यवस्था राखिएकोमा खुसी व्यक्त गरेका हुन् । उनले स्वार्थभन्दा ठूलो देश रहेको बताएका छन् ।
मंगलबार खतिवडाले सामाजिक सञ्जा एक्समा लेखेका छन्, ‘म हारौँ, केही होइन र हुन्न पनि । तर, देश र जनतालाई हार्न दिनु हुन्न ।’
‘आज दुई वर्ष कुलिङ अफ पिरियडसहित राष्ट्रिय सभाबाट निजामती विधेयक पारित भयो । सबैलाई धन्यवाद र बधाई । मभन्दा देश ठूलो देश हो, पद होइन,’ खतिवडाले भने, ‘म खुसी व्यक्त गर्दछु । एक पद तथा व्यक्ति हेरिन । देश हेरियो । जय नेपाल ।’
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाकै जोडबलमा कुलिङ अफ पिरियडको व्यवस्था विधेयकमा राखिएको थियो । समितिका सचिवसहितका कर्मचारीहरूको बदमासीले गर्दा प्रतिनिधि सभाबाट कुलिङ अफ पिरियडको व्यवस्थालाई हटाएर असावधानीपूर्वक पारित भएको थियो । कर्मचारीहरूको बदमासीलाई राष्ट्रिय सभाले सच्याइदिएको छ ।
कुलिङ अफ पिरियड हटाउन भएको चलखेल र गडबढीमा संसदीय छानविन समिति बनेको थियो । समितिले खतिवडाको नाम उल्लेख गरेको थिएन । तर, उच्च राजनीतिक नैतिकता देखाएर खतिवडाले सभापति पदबाट राजीनामा दिएर राजनीतिक संस्कार देखाएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया