नौबहिनी घर भएका युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३२ वर्षीय मीनराज राना क्षेत्रीलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपलिका–३२ बस्ने प्यूठानको नौबहिनी गाउँपालिका–५ घर भएका मीनराजलाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

मीनराजले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३० हजार रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले मीनराजलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ ।

मीनराजलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ ।

Published : Tuesday, 2025 September 2, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया