विद्युतीय चुरोट भेपसहित तीन जना पक्राउ
काठमाडौं । राजस्व छली गरिएका विद्युतीय चुरोट भेपसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार काठमाडौंमा पक्राउ पर्नेहरूमा बालाजु बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्ती घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा रहेका छन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ४ जुबु घर भएका ४२ वर्षीय कृष्णबहादुर गुरूङ र काठमाडौं महानगरपालिका वडा नं. ३२ पेप्सीकोला बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ७ ज्यामिरे घर भएका ५२ वर्षीय रामबहादुर गुरूङलाई पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको चमती वडा एरियामा अवैध रूपमा विद्युतीय चुरोट भेप राजस्व छली भण्डारण तथा संचय गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१५ चमतीस्थित गोदामबाट विभिन्न कम्पनीका विद्युतीय चुरोट भेप ३ हजार ८ सय ५ थान फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया