परराष्ट्रमन्त्री डा.राणाद्वारा आयोजित गौरा पूजामा तरुण अध्यक्ष गुरुङ सहभागी

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ उज्याली गौरा एवं दुर्वाष्टमी पर्वको पूजामा सहभागी भएका छन् ।

आइतबार नेपाली कांग्रेसकी नेतृ एवम् परराष्ट्रमन्त्री डा.आरजु राणाद्वारा काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा राखिएको गौरा पूजामा अध्यक्ष गुरुङ सहभागी भएका हुन् । अध्यक्ष गुरुङले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.राणासँग गौरा पूजाका अवसरमा प्रशाद ग्रहण र आशीर्वाद लिएका छन् ।

परराष्ट्रमन्त्री डा.राणाले आफन्त, शुभेच्छुक, पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थितिमा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएकी हुन् । पूजामा उपस्थित महिलाहरूले सुदूरपश्चिमको सांस्कृतिक रूपमा परम्परागत पोसाक लगाएर देउडा समेत नाचेका छन् ।

Published : Monday, 2025 September 1, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया