परराष्ट्रमन्त्री डा.राणाको निवासमा गौरा पूजा, शुभेच्छुक र आफन्तहरू सहभागी (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले उमा महेश्वरसहित दुबोको पूजा गरेर उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएकी छिन् ।

आइतबार काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा डा.राणाले आफन्त, शुभेच्छुक, पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थितिमा उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाएकी हुन् । पूजामा उपस्थित महिलाहरूले सुदूरपश्चिमको सांस्कृतिक रूपमा परम्परागत पोसाक लगाएर देउडा समेत नाचेका छन् ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि गौरा पूजामा सरिक भएका छन् । पूजामा सहभागी हुन आएकाहरूलाई सभापति देउवाले आशीर्वाद समेत दिएका छन् ।

गौरा पर्व चन्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनुहुँदैन । सिंह राशिमा सूर्य भएका वेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् ।

Published : Monday, 2025 September 1, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया