कांग्रेसले क्रियाशील सदस्यता नवीकरण नरोक्न, ३ नेतालाई तोकियो जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ ।
आइतबार सानेपा, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर, अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए ।
तल्लो तहबाट कारबाहीका सिफारिस भएकामध्ये बहुसंख्यकको हकमा अनुशासन समिति अनिर्णित रहेको छ । विचाराधीन रहेकाहरू क्रियाशील सदस्यहरूको हकमा नवीकरण गर्ने निर्णय गरेको चौधरीले बताए ।
विदेशमा रहेकाले क्रियाशील सदस्यता नवीकरण अनलाइनबाट लिने व्यवस्था गर्ने भएको छ ।
विदेशमा ३७ वटा जनसम्पर्क समिति रहेका छन् । उनीहरूले अनलाइनबाट नवीकरण गर्न सकिने निर्णय भएको छ ।
समितिको संयोजकमा महामन्त्री गगन थापा छन् । सदस्यहरूमा सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाईली रहेका छन् ।
समितिका सदस्यहरूलाई प्रदेशहरूमा अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया