प्रधान सेनापति सिग्देल र आईआरपीएस अतिरिक्त सचिव यादवबीच भेट
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय नेश्नल डिफेन्स कलेजकी अतिरिक्त सचिव (आईआरपीएस) रेखा यादवबीच भेटवार्ता भएको छ ।
आइतबार जंगी अड्डा, भद्रकालीमा सिग्देल र यादवबीच भेटघाट भएको विज्ञप्तिमा उल्लेख छ । भ्रमण दलका सदस्यहरूलाई नेपाली सेनाको बारेमा जानकारी समेत गराइएको छ ।
नेवरहुड स्टडी टुर अन्तर्गत नेपाल भ्रमणमा आएको भ्रमण दलले काठमाडौं लगायत नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
यस किसिमको अध्ययन भ्रमणबाट अनुभवको आदानप्रदान एवं सैनिक सम्बन्धलाई थप सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
भारतीय नेश्नल डिफेन्स कलेजमा सञ्चालन भई रहेको नेश्नल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी एवं सङ्काय सदस्यहरू सम्मिलित भ्रमण दल अध्ययन भ्रमणको क्रममा नेपाल आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया