परराष्ट्रमन्त्री डा.राणाद्वारा काठमाडौंमा गौराको पूजा (तस्बिरहरू)
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा गौरा भित्र्याएकी छिन् ।
शनिबार डा.राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका वर्षहरूमा गौरा पुजनका लागि डा.राणाले धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन् ।
हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजा सहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।
डा.राणाले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक गौरव भएको र आफू प्रत्येक वर्ष निष्ठापूर्वक ब्रत बसी गौरा पूजा गर्ने गरेको बताइन् ।
परराष्ट्रमन्त्री डा.राणाले गौराले सामाजिक एकता, संहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने बताएकी छिन् ।
भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरू निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्दछन् ।
गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रुपमा मनाउने गरिन्छ ।






बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया