कांग्रेस प्रवक्ता डा.महत र अध्यक्ष श्रेष्ठलाई क्वालालम्पुरमा स्वागत, महाधिवेशनमा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशनमा सहभागी हुन मलेसिया आइपुगेका छन् ।
क्वालालम्पुरमा आइतबार हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको छ । कांग्रेस प्रवक्ता डा.महतसँगै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश श्रेष्ठ पनि मलेसिया आइपुगेका छन् ।
कार्यक्रममा गैरआवासीय नेपालीहरूको हकहित, प्रवासी मजदुरका चुनौतीहरू र नेपालको आर्थिक–सामाजिक विकासमा उनीहरूको योगदानजस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ ।
महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । आयोजकहरूका अनुसार, यसले नेपाल–मलेसिया सम्बन्धलाई सुदृढ बनाउन र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि सहयोग पु¥याउनेछ ।
महाधिवेशनको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । नेपालबाट आएका कलाकार शोभा त्रिपाठी र बुद्ध लामाका साथै मलेसियामा रहेका नेपाली कलाकारहरूको प्रस्तुति रहनेछ ।
कार्यक्रममा प्रवासी नेपाली समाजमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको छ ।
कांग्रेस प्रवक्ता डा.महत र एनआरएनएका अध्यक्ष श्रेष्ठलाई मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थल केएलआईमा भव्य स्वागत गरिएको छ ।
स्वागत कार्यक्रममा नेपाली राजदूतावास, नेपाली जनसम्पर्क समिति मलेसिया, एनआरएनए आईसीसी, प्रवासी नेपाली मञ्च मलेसियालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
कार्यक्रम ३१ अगस्ट २०२५, आइतबारका दिन मलेसियाको होटेल ग्रान्ड कन्टिनेन्टल क्वालालम्पुरमा स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म चल्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया