उच्च राजनैतिक चरित्र देखाएका खतिवडालाई कांग्रेसले अर्को शक्तिशाली जिम्मेवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समिति (संयुक्त)मा राख्ने निर्णय सर्वसम्मतले अनुमोदन भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखको कुर्सीबाट उपसभामुख ईन्दिरा राना मगरले कांग्रेस सांसद खतिवडालाई संसदीय सुनुवाइ समितिमा पठाउन गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

संसदीय सुनुवाइ समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्वाचित भएपछि रिक्त रहेको सदस्यमा खतिवडालाई ल्याउने सिफारिस भएको थियो । खतिवडाले सुनुवाइ समितिको सभापति बनाउनका लागि सदस्य बनाएको कांग्रेसभित्र चर्चा छ ।

आक्षेप लागेपछि खतिवडाले उच्च राजनैतिक संस्कार देखाउँदै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए । खतिवडालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पदबाट राजीनामा नदिने दवाव दिएका थिए । खतिवडाले कांग्रेसको गरिमा र आफ्नो राजनीतिक प्रतिष्ठाका लागि नैतिकतामा प्रश्न उठ्नेवित्तिकै सभापति पदबाट राजीनामा दिएका थिए ।

साउन २८ गते संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा छेडखानी भएको घटनामा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रश्न उठाएको थियो ।

खतिवडाले उच्च राजनीतिक नैतिकता देखाएका कारण कांग्रेस सभापति देउवाले संसदीय सुनवाइ समितिको सभापति बनाउने तयारी गरेको बुझिएको छ ।

Published : Friday, 2025 August 29, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया