डिजिटलाइजेशनको युगमा विद्यार्थीसँगै शिक्षकहरू परिमार्जित हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेश सरकारलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ बागमती प्रदेश समितिले ९ बुँदे सुझावपत्र पेश गरेको छ ।

शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा संघको प्रदेश समितिका अध्यक्ष दीपक सिम्खडाले मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र सामाजिक विकासमन्त्री कन्चनचन्द्र बादेलाई सुझाव पत्र पेश गरेका हुन् ।

शिक्षामा कम्तिमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, स्कुल बस सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने लगायतका विषय सुझाव पत्रमा पेश गरिएको छ ।

‘बालबालिका विद्यालय पठाऔं, सिकाऔं टिकाऔं र बिकाऔं’ भन्ने अवधारणालाई अभियानका रुपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

मुख्यमन्त्री बानियाँले डिजिटलाइजेशनको अहिलेको युगमा विद्यार्थीलाई परिमार्जित गर्दै आफू पनि परिमार्जित हुन शिक्षकहरूलाई आग्रह गरेका छन् ।

Published : Friday, 2025 August 29, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया