जर्मन नागरिकसँग बिहे गरेकी आशिका तामाङ र शरण तिरुवालाई कैद तथा जरिवानाको फैसला

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैदको फैसला सुनाएको छ ।

बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आशिका तामाङ र शरण तिरूवा आपराधिक उपद्रो कसूरको मुद्दामा ५ दिनको कैद सजाय सुनाएको हो ।

भक्तपुर जिल्ला अदालतकी सूचना अधिकारी हीराकुमारी भण्डारीले तामाङ र तिरूवालाई आपराधिक उपद्रवमा दोषी ठहर गरेको बताएकी छिन् ।

सूर्यविनायक नगरपालिकाले साँगामा बनाएको झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिकालगायतको समूहले अवरोध पु¥याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको आरोपमा मुद्दा दायर गरेको थियो ।

सूर्यविनायक नगरपालिकाले प्रहरीमा आपराधिक उपद्रव कसूर गरेको भन्दै जाहेरी दिएको थियो । अदालतले तामाङ र तिरूवालाई पाँच–पाँच दिन कैद सजाय सुनाएको छ । उनीहरूलाई ५ सय रुपियाँ जरिवाना, दामासाहीले ८ हजार ३ सय रुपियाँ पीडितलाई क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपयाँ भराउने आदेश अदालतले गरेको छ ।

आफूलाई कथित अभियन्ता बताउने आशिका तामाङ जर्मन नागरिकसँग विवाह गरेर जर्मनीमा बस्दै आएकी छिन् । नेपालमा रहेका बेला कथित अभियन्ता बनेर बबाल गर्दै आएकी छिन् ।

Published : Thursday, 2025 August 28, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया