संगठित अपराधमा रवि जेलभित्र रहेका बेला केन्द्रीय सदस्य डा.पाँडे पनि पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका बेला केन्द्रीय सदस्य डा.अरनिको पाँडे पनि पक्राउ परेका छन् ।

बुधबार नेपाल प्रहरीको साइबर व्यूरो, भोटाहिटीले केन्द्रीय सदस्य पाँडेलाई नियन्त्रणमा लिएको हो । पाँडेले एकजना महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका हुन् ।

पीडित महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर व्यूरोका एसपी दीपकराज अवस्थीले बताएका छन् । पाँडेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पाँडेलाई बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा लगिने एसपी अवस्थीले बताएका छन् ।

आफूलाई वातावरणविद् बताउने पाँडे २०७९ साल भदौमा रास्वपामा प्रवेश गरेका थिए । पाँडे रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।

रास्वपाका नेताहरू कुनैन कुनै काण्डमा पर्दै आएका छन् । रास्वपाका नेताहरूले सामाजिक सञ्जालबाट आफ्ना विरोधी र आलोचकहरूलाई तथानाम गालीगलौज, मानहानी हुने हर्कत गर्दै आएका छन् । रास्वापका छाडा नेता, कार्यकर्ताहरूलाई प्रहरीले बेलाबेला पक्राउ गरेर कारबाही गर्दै आएको छ ।

Published : Wednesday, 2025 August 27, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया