माओवादीका वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाइ नाङ्गै बनाएर कुटपिट
प्रसौनी । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले शिक्षक नागेश्वर यादवलाई नाङ्गै बनाएर वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेका छन् ।
वडाध्यक्ष कुशवाहाले रक्सी सेवन गरेर मात्तिएको अवस्थामा वडा कार्यालयमा शिक्षक यादवको हात बाँधेर बन्धक बनाइ कुटपिट गर्नुका साथै अमानवीय हर्कत गरेका हुन् ।
वडाध्यक्ष कुशवाहा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् । कुशवाहाले शिक्षकलाई हात पछाडि लगेर वडा कार्यालयमा राखेर बन्धक बनाइ कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि माओवादीको विरोध भइरहेको छ ।
कुटाइ खाने शिक्षक यादव पर्सा जिल्लाको बहुदरमाई घर भई प्रसौनी–६ बेलहिया बस्दै आएका छन् । शिक्षक यादवलाई वडाध्यक्ष कुशवाहासहित ८ जनाको समूहले कुटपिट गरेको आरोप छ ।
रक्सी सेवन गरी शिक्षक यादवलाई नाङ्गै बनाएर वडा कार्यालयमा कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
वडाध्यक्ष कुशवाहाले शिक्षक यादवलाई हात पछाडि लगेर नाङ्गै बनाइ कुटपिट गरेको घटना बाहिर आएपछि विरोध हुन थालेका कारण नेकपा (माओवादी केन्द्र)ले वडाध्यक्ष कुशवाहालाई ६ महिनाका लागि निलम्वन गरेको जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया