तीज पर्वले सामाजिक जीवन र सांस्कृतिक पहिचानलाई मजबुत बनाएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वको अवसरमा शुभकामना प्रदान गरेका छन् ।
मंगलबार शुभकामना सन्देश जारी गर्दै देउवाले भने, ‘हाम्रो देश धार्मिक, सांस्कृतिक र परम्परागत विविधताले भरिपूर्ण एक समृद्ध भूमि हो ।’
‘यहाँका हरेक पर्व, संस्कार र परम्पराले नेपाली समाजको मौलिकता झल्काउँछ,’ उनले भने, ‘तीमध्ये हरितालिका तीज नेपाली महिलाहरूले विशेष रूपमा मनाउने महत्वपूर्ण पर्व हो ।’
‘तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नुका साथै चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ सभापति देउवाले भने ।
उनले भने, ‘तीज पर्वले समाजमा सौहाद्र्रता, एकता, प्रेम, सद्भाव, विश्वास र भाइचाराको भावना सुदृढ गर्दै हाम्रो समाजलाई एक साझा फूलबारीका रूपमा प्रतिविम्वित गर्दै आएको छ ।’
‘यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ,’ देउवाले भने, ‘यी पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् ।’
‘तीज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस्,’ देउवाले भने ।
‘हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीवहिनीहरूमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सभापति देउवाले भने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया