कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले ७ प्रदेशमा तालिकाअनुसार कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले ७ वटै प्रदेशमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको विभागको बैठकले नेपाली कांग्रेस ७ वटै प्रदेश कार्यसमितिमा गठन भएका प्रदेश शुभेच्छुक संस्था समन्वय विभागसँग आवश्यक समन्वय गरी विभागद्वारा पारित गरिएको कार्यतालिका अनुसार कार्यक्रम संचालन गर्ने निर्णय गरेको प्रमुख अब्दुल सत्तारले बताएका छन् ।

विभागले पार्टीका शुभेच्छुक संस्थाहरूबाट माग गरिएका संगठनका सम्बन्धी प्रतिवेदन हालसम्म नआएको हुँदा पुनः पत्राचार गर्ने निर्णय गरेको प्रमुख सत्तारले बताए ।

‘शुभेच्छुक संस्था समन्वय विभागद्वारा प्रदेशस्तरीय कार्यक्रमको लागि नेपाली कांग्रेस प्रदेश कार्यसमितिसँग आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय गर्दछ,’ विज्ञप्तिमा भनिएका छ ।

२०८२ भाद्र २ को शुभेच्छुक संस्थाहरूसँग अन्तरक्रिया र तीज विशेष कार्यक्रमको शुभकामना आदान–प्रदान कार्यक्रम सफल बनाउन गरिएको खर्च विवरण सार्वजनिक गर्ने निर्णय पनि विभागले गरेको छ ।

Published : Sunday, 2025 August 24, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया