लिपुलेकका विषयमा भारत–चीनले गरेको सम्झौताप्रति गम्भीर असहमति छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिपुलेकका विषयमा भारत र चीनले गरेको सम्झौताप्रति गम्भीर असहमति जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समायमा बोल्दै थापाले राष्ट्रियताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले यस विषयलाई घरेलु राजनीतिको विषय नबनाउन र उग्रराष्ट्रवादी हुने होडबाजी नगर्न सबैलाई आग्रह गरेका छन् ।

‘हाम्रो भूमिमाथि आँखा लगाउने कुरा हामी कसैलाई स्वीकार्य छैन भन्ने एउटै सन्देश दुवै छिमेकीलाई दिनुपर्छ,’ उनले भने ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयलाई घरेलु राजनीतिको विषय बनाउन नहुने उनले बताए।

Published : Thursday, 2025 August 21, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया