देउवा ५ पटक प्रधानमन्त्री भएपनि एउटा कार्यकाल पूरा गर्न पाउनु भएको छैन, उहाँको दोष होइन : पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेक लाग्दो रहेको बताए ।

एमालेका महासचिव पोखरेलले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरूरी रहेको बताए । उनले प्रधानमन्त्री पाँचौँ पटक भएपनि कार्यकाल एउटा पनि पूरा गर्न नपाएको बताएका छन् ।

नेपालको राजनीतिको कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? भनेर महासचिव पोखरेलले प्रश्न गरेका छन् ।

राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्नेकुरा उचित नरहेको उनले बताए ।

नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्ने एमालेका महासचिव पोखरेलले बताएका छन् ।

महासचिव पोखरेलले ध्रुवीकरण जरूरी छ भन्नेकुराको अर्थ साना दलहरूको अस्तित्व नामेट गर्न खोज्यो भन्न नहुने बताएका छन् ।

नेपालको चुनौति राजनीतिक अस्थिरता भएको उनले बताए । नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभइ नीतिका आधारमा जनमतलाई ध्रुविकरण गर्ने राजनीतितर्फ जानुपर्ने महासचिव पोखरेलले बताएका छन् ।

Published : Wednesday, 2025 August 20, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया