बहुमत सहित कांग्रेसको स्थिर सरकार निर्माण गर्नुपर्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुभेच्छुक संस्था समन्वय विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता भाष्य र चुनौतिहरू चिर्दै अझ बढी शसक्त र क्रियाशील हुन आवश्यक रहेको बताए ।
सभापति देउवाले नेपाली कांग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत एकता कायम गर्न निर्देशन दिए ।
उनले आगामी निर्वाचनमा बहुमत ल्याइ नेपाली कांग्रेसको स्थिर सरकार निर्माण गर्न अझ बढी समर्पणका साथ काम गर्न जरूरी रहेको बताए ।
सभापति देउवाले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको बताए ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया