सभापति देउवासँग निवासमै पुगेर भारतीय विदेशसचिव मिस्रीद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।

आइतबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा विदेशसचिव मिस्रीले भेट गरेका हुन् । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति रहेको थियो ।

सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच नेपाल–भारत दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।

‘मेरो निवासमा आज भारतीय विदेश सचिव विक्रम मिस्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो,’ सभापति देउवाले भने, ‘हाम्रा छलफलहरूले नेपाल–भारतको नजिकको र बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन केन्द्रित छन् ।’

‘नेपाल–भारतबीच आपसी विश्वास, सद्भावना, र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा आधारित छ,’ भेटपछि सभापति देउवाको सचिवालयले भनेको छ ।

Published : Sunday, 2025 August 17, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया