माओवादीका भ्रष्टाचारी मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर समेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता भरतकुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपियाँ जरिवाना निर्धारण भएको छ ।

बिहीबार विशेष अदालतले मेयर थापासहित ३ जनालाई सजाय निर्धारण गरेको हो । उनीहरूलाई ८ वर्ष कैद तोकिएको छ । पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ ।

भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत, काठमाडौंले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनजनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो ।

भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन् गरी हिनामिना गरेको आरोपमा मेयर थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

Published : Thursday, 2025 August 14, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया