सहकारी ठगका अभियुक्त रविलाई छुटाउन छिद्रबाट दायर निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिगो रकम बराबरको धरौटी बुझाएर थुनामुक्त हुन निवेदन दिएको निवेदनविरुद्ध न्यायपरिषदमा उजुरी परेको छ ।
सहकारी ठगी र संगठित अपराधको कसूरमा पुर्पक्षका लागि कारागारमा रहेका रविले थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा दर्ता गराएको निवेदन छानविन र आवश्यक कारबाहीका लागि अधिवक्ता रमेशबहादुर रावलले सोमबार बिहान न्यायपरिषदमा उजुरी दर्ता गराएका छन् ।
लामिछानेसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दामा अदालतमा विचाराधीन रहेको अवस्थामा लामिछानेको निवेदनका सन्दर्भमा जिल्ला अदालतमा कार्यरत न्यायधीशहरू समेतको नाम उल्लेख गरी विभिन्न प्रचारबाजी भएको भन्दै यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको माग न्यायपरिषदसँग गरिएको छ ।
रविसहितका प्रतिवादीहरूले सम्भावित फैसला प्रभावित पार्न निवेदन दर्ता गरेको उजुरीकर्ता अधिवक्ता रावलले उल्लेख समेत गरेका छन् ।
निवेदनमा निजका विरुद्द लागेको सम्पूर्ण अभियोगको वारेमा उल्लेख नगरी केवल ठगी मुद्दाको मात्र उल्लेख तथा अदालतबाट फैसला हुँदा हुन सक्ने कैद र जरिवानाको विषयलाई लुकाई छिपाई अदालत समेतलाई भ्रममा पारी मुद्दाको फैसला हुनु अगावै २२ जना प्रतिवादी भएको मुद्दामा ४ जनाको विरुद्द मात्र कसूर ठहर हुन्छ भन्ने ठोकुवा गर्दै अभियोग दावी बमोजिमको विगोलाई आफूखुसी भागलगाई विगोको केही प्रतिशत आफ्नो भागमा पर्नेछ भनि आफ्नो मुद्दा आफै फैसलागरी दर्ता नै हुन नसक्ने निवेदन दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उच्च अदालत र सर्वोच्च अदालतले पुर्पक्षका लागि लामिछानेलाई थुनामा राख्न दिएको आदेश विपरित जिल्ला अदालत रुपन्देहीले दर्ता नै गर्न नमिल्ने निवेदन प्रभावमा परेर साउन १९ गते दर्ता गरेपछि उक्त विषय न्याय परिषदमा दर्ताको तयारीमा रहेको बुझिएको छ ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा थुनामा रहेका रविलाई जिल्ला अदालत रुपन्देहीले २०८१ माघ १३ गते एक करोड रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीले गरेको उक्त निर्णयलाई त्यति बेला नै शंकाको दृष्टिले हेरिएको थियो । त्यसपछि उच्च अदालत तुलसीपुरको गत चैत २२ गते लामिछानेलाई बाहिर राखेर छानविन गर्न नमिल्ने भन्दै कारागारभित्रै राखेर छानविन गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले पनि वैशाख ७ मा उच्च अदालतकै आदेशलाई सदर गर्ने निर्णय गरेपछि रवि रुपन्देही कारागार चलान भएका थिए ।
‘प्रतिवादी रवि लामिछानेको तर्फका केही व्यक्ति तथा संचारमाध्यमबाट लगातार रवि लामिछाने निर्दोष रहेको तथा सरकारले निजलाई दुःख दिएको भनि प्रचारवाजी, हस्ताक्षर अभियान संचालन गरि न्यायपालिकालाई अनावश्यक दवाव र प्रभावमा पारी स्वतन्त्र न्यायपालिकालाई आफू अनुकूलको आदेश गराउनको लागी दवाव दिएको प्रष्ट हुन्छ ।’
उजुरीमा भनिएको छ, ‘यसका साथै निजका तर्फका मानिसहरूले रुपन्देही जिल्ला अदालतमा हाल कार्यरत न्यायमूर्तिहरूमध्ये ३ (तीन) जनाको नाम नैकिटान गरी तत् न्यायमूर्तिहरूले रविलाई थुनामुक्त गर्ने आदेश ईजलाश बाहिर तयार गरि सकेको भनि प्रचार गर्दै हिँडेको हुँदा यस विषयमा तत्कालै आवश्यक छानविन गरि यसरी ईजलाशभन्दा बाहिर आदेश तयार गर्ने न्यायधीशलाई कारवाही गरि पाँऊ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया