राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेका छन् ।

आइतबार बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा पौडेल र ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो अवस्था र सरकारको कामकारबाहीका विषयमा कुराकानी भएको बुझिएको छ ।

राष्ट्रपति पौडेलललाई प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका छन् । ओली तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए ।

Published : Sunday, 2025 August 10, 12:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया