१५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस प्रदीपको पालामा ठूला ७ हवाई दुर्घटना, जिम्मेवारी लिन अस्वीकार
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको झण्ड १५ अर्ब भ्रष्टाचारमा कारबाही सिफारिस भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफ्नो कार्यकालमा सात वटा हवाई दुर्घटना भएको भन्दै त्यसको जिम्मेवारी नलिने बताएका छन् ।
केही दिन अगाडि रातोपाटी अनलाइनको युट्युब च्यानलसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक अधिकारीले हवाई दुर्घटनामा आफ्नो कुनै जिम्मेवारी र भूमिका नरहेको दाबी गरेका छन् । उनले आफूले नीति नियम बनाउने काम भएको मात्रै बताएका छन् ।
महानिर्देशक अधिकारीले भने, ‘मेरो पालामा सात वटा हवाई दुर्घटना भयो । हेलिकप्टरसहित दुर्घटना भयो । यो पनि अतिरञ्जित हो । दुर्घटना भएको हो, मैले होइन भनेको छैन । जुन हिसावले चार्ज गरियो यो त अतिरञ्जित हो ।’
‘सात वटा जहाजको प्रतिवेदन आएको छ । प्रतिवेदनमा प्रदीप अधिकारी गल्ती भनेर लेखेको छ कहिँ ?,’ महानिर्देशक अधिकारीले भने ।
भन्सारको डिजीले गल्ती गर्दा राजीनामा मागेका छन् भन्ने प्रश्नको जवाफमा अधिकारीले भने, ‘अनि दिनुभयो त ?’
‘महानिर्देशक भनेको निर्णयकर्ता हो । महानिर्देशकको निर्णयले दुर्घटना भयो भन्नु पर्यो,’ अधिकारीले भने, ‘दुर्घटना छानविन आयोगको पनि मकसद हेर्नुभयो भने कारबाही गर्ने विषय होइन ।’
‘संसादभरि दुर्घटना भएको छ । नेपालमा मात्रै होइन,’ महानिर्देशक अधिकारीले भने ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झण्डै १५ अर्ब भ्रष्टाचारमा महानिर्देशक अधिकारी मुख्य नाइकेका रुपमा कारबाही सिफारिसमा परेका छन् । सार्वजनिक लेखा समितिले महानिर्देशक अधिकारीसहितका उच्चपदस्थ कर्मचारीहरूलाई कारबाही सिफारिस गरेको छ ।
यसअघि, सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरिसकेको छ ।
कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।
यो समूहलाई कारबाही गर्नुपर्ने बेला झन् आकर्षक पद त्यो पनि दुई/दुई वटा दिँदा समेत राज्यका निकायहरू निरिह बनेर बसेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया