मुलुकको राजनीति वीपीले अपनाएको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले अपनाएको नीतिमा आधारित रहेर मुलुकको राजनीति उभिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा ‘देश विकास र देशवासीको उन्नतिको आधार–वीपी बिचार’ विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै देउवाले भने, ‘वास्तवमा आजको मुलुकको राजनीति उहाँले अपनाएको मेलमिलापको नीतिको जगमा उभिएको छ ।’
‘राजनीतिले अहिले जस्तो सजग थियो । राजनीति कठिन मोडबाट गुजिएर यहाँसम्म आइपुगेका हौँ,’ देउवाले भने, ‘जीवनभरि देश र जनताकै लागि सर्वस्व दिएर अबिचलित रुपमा लोकतन्त्रको पक्षमा वीपी उभिनुभयो ।’
सभापति देउवाले भने, ‘वास्तवमा बलियो कांग्रेस राष्ट्रिय शक्तिहरूको बीचको मेलमिलापले मात्रै राष्ट्र स्वाधीन र समृद्धि हुन्छ भन्ने वीपीको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’
उनले भने, ‘महामानव वीपी कोइरालाको आदर्श र मूल्य मान्यता नेपाली कांग्रेसमा मात्रै होइन देशका लागि ठूलो मार्ग निर्देशन पनि हो । राष्ट्रिय एकता सामाजिक सद्भावको लागि अझै बढि बलियो बनाउन वीपी कोइरालाले अपनाएको सिद्धान्तले अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’
‘वीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रियो । उहाँको त्याग, योगदानबाट स्थपित मूल्य र मान्यता नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो,’ देउवाले भने ।
‘वीपी कोइराला सधैँ आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्ने कुरामा अडिग हुनुहुन्थ्यो । जुन कुरा अहिले सान्दर्भिक भएको छ,’ उनले भने ।
‘तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएका समयमा नेपाल फर्किनुभयो । त्यो बेला पनि वीपी कोइरालाविरुद्ध पञ्चायती सरकारले ज्यान मुद्दा लगाएको थियो,’ देउवाले भने ।
‘मृत्यु दण्ड समेत पाउन सक्ने ती संगिन आरोपको प्रवाह नगरी ज्यानको बाजी लगाएर २०३३ साल पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिइ वहाँ स्वदेश फर्किनुभयो,’ सभापति देउवाले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नेता शेखर कोइराला, नेता उमेशजंग रायमाझी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया