संस्थापन निकटका शीर्ष नेताहरूबीच छलफल, सभापति देउवासँग भेट्ने
काठमाडौं । नेपाली कांग्रेसका सात जना संस्थापन पक्षका नेताहरूबीच छलफल भएको छ ।
सोमबार काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा नेता प्रकाशमान सिंहको निवासमा संस्थापन पक्षका शीर्ष नेताहरूको भेटघाट तथा छलफल भएको हो । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा.शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र डा. प्रकाशशरण महतको उपस्थिति रहेको थियो ।
संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनपर्छ,’ बैठकपछि नेता कृष्णप्रसाद सिटौलाले भने, ‘त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुने गरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौँ ।’
उनले चाक्सीबारी बैठकमा पूर्वपदाधिकारीहरूबीच भएको छलफलका विषयमा मंगलबार नै सभापति शेरबहादुर देउवालाई जानकारी गराइने पनि बताए ।
‘समग्र विषयमा जे जति छलफल भयो, हामी भोलि साेमबार नै हाम्रो सभापतिलाई भेटेर जानकारी गराउँछौँ,’ सिटैलाले भने ।
कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले सक्रियता बढाएका हुन् । यी नेताहरूले यसअघि सभापति शेरबहादुर देउवालाई भेटेर उत्तराधिकारी चाँडै तोक्नका लागि पनि दबाब बढाएका थिए । देउवाले छलफल गरेर एकजनाको नाम दिनु भनेपछि नेताहरूले भेला गर्दै आएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया