प्रचण्डसँग डा.शेखरकाे अनुराेध- एमाले, कांग्रेस गठबन्धन रहँदासम्म दलको नेता बन्न सक्दैन, सरकार ढालिदिनुस्
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ढाल्न अनुरोध गरेका छन् ।
बिहीबार ललितपुरको खुमलटारस्थित दाहालको निवासमा भएको भेटमा माओवादी प्रमुख प्रतिपक्ष दल भएका कारण केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न डा.कोइरालाले आग्रह गरेको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रको मुखपत्र मानिने एउटा अनलाइनले अध्यक्ष दाहाललाई डा.कोइरालाले ओली सरकार ढाल्न सुझाव दिएको जनाएको छ ।
माओवादी अध्यक्ष दाहालले जनताको आशा कोइरालामा रहेको बताएका छन् । दाहालले डा.कोइराला कांग्रेस संसदीय दलको नेता नरहेको भन्दै विभिन्न प्रश्नहरू राखेका थिए ।
दाहालसँग डा.कोइरालाले पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् भनेर दाहाललाई आग्रह गरेको बुझिएको छ । डा.कोइरालाले जनताको आशा माओवादी र अध्यक्ष दाहालसँग रहेको बताएका छन् ।
कांग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन नसकिने बताउँदै अध्यक्ष दाहालले भने, ‘तपाईं (डा.शेखर कोइराला) दलको नेता बन्न सक्नु भएन ।’
माओवादी अध्यक्ष दाहालसँग डा.कोइरालाले एमाले र कांग्रेसको गठबन्धन रहँदासम्म आफू संसदीय दलको नेता बन्न नसक्ने बताएको स्रोतले जनाएको छ ।
माओवादी अध्यक्ष दाहालले आफूले सुशासनका लागि काम गर्दागर्दै गर्न नदिइएको बताएका छन् ।
माओवादीका अध्यक्ष दाहाललाई उचालेर कांग्रेस र एमाले गठबन्धनको सरकार ढाल्न कांग्रेस नेता डा.कोइराला लागेपछि नयाँ तरंग उत्पन्न भएको छ । डा.कोइरालाले किन माओवादी अध्यक्ष दाहाललाई भेटे प्रश्न उठेको छ ।
संसदीय दलको नेता बन्नका लागि कांग्रेसभित्र वातावरण बनाइदिन पनि डा.कोइरालाले दाहालसँग अनुरोध गरेको कुरा बाहिर आएपछि डा.कोइरालामाथि प्रश्न उठेको छ ।
त्यति मात्रै होइन, कांग्रेस नेता डा.कोइरालाले पूर्वराष्ट्रपति एवम् एमाले नेतृ विद्यादेवी भण्डारीलाई पनि भेट गरेका छन् । भण्डारीसँगको भेटमा पनि सरकार ढाल्ने विषयमा डा.कोइरालाले अनुरोध गरेको स्रोतले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया