सहकारी ठगका अभियुक्त रविकै जस्तो अभियान भुटानी काण्डका रायमाझीको पक्षमा पनि चल्यो
काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध भयो भनेर हस्ताक्षर अभियान चलाइरहेका बेला भुनाटी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका नेता टोपबहादुर रायमाझीका समर्थकहरूले पनि सिको गर्दै हस्ताक्षर अभियान चलाएका छन् ।
लामिछानेको पक्षमा चलाइएको अभियानको सिको गर्दै एमालेका सचिव एवम् प्रतिनिधिसभाका सांसद रायमाझीलाई पनि राजनीतिक प्रतिशोध साँधेर जेल पठाइएको भन्दै हस्ताक्षर अभियान शुरु गरिएको छ ।
रायमाझीमाथि राजनितिक प्रतिशोध भएको भन्दै उनकै गृहजिल्ला अर्घाखाँचीबाट ‘जनताको हस्ताक्षर अभियान’ थालिएको छ ।
रायमाझीको पक्षमा हस्ताक्षर अभियान सन्धिखर्कस्थित युवाहरूले चलाएका हुन् ।
युवाहरूले नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउन मुछिएका रायमाझीलाई राजनीतिक प्रतिशोध साँधेर थुनामा राखेको दाबी गरेका छन् ।
सन्धिखर्कस्थित स्थानीयबासी एवम् पत्रकार दीपेन्द्र पौडेलले यो अभियान युवाहरूले स्वतः थालेको बताएका छन् ।
हस्ताक्षर अभियान कुनै दलको नभई रायमाझीको समर्थनमा स्वतन्त्र युवाहरूले चलाएको जानकारी आफूले पाएको बताएका छन् ।
यसबारेमा एमालेको स्थानीय नेतृत्वले अनभिज्ञता प्रकट गरेको छ । एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले अदालतको आदेशअनुसार थुनामा रहेको अवस्थामा कसैको पक्षमा हस्ताक्षर नचलाइएको बताए । भुसालले अदालतमा विचाराधीन रहेको मुद्दामालाई हस्ताक्षर अभियान चलाएर गिजोल्ने पक्षमा एमाले नरहेको बताएका छन् ।
पाँचभन्दा धेरै सहकारीको बचत रकम ठगी आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेको पक्षमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ ।
सहकारी ठगका अभियुक्त लामिछानेको पक्षमा रास्वपाले शहरका चोकदेखि पार्टी कार्यालय र रेस्टुरेन्टसम्मलाई हस्ताक्षर अभियानको केन्द्र बनाइएको छ । सर्वोच्च अदालतलेसमेत छाड्न नमानेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता लामिछानेमाथि राजनीतिक प्रतिशोध भएकै हो भन्ने सन्देश सर्वसाधारणलाई दिने कामममा जोडतोडले लागेका छन् ।
सहकारी ठगका अभियुक्त लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाइरहेका बेला भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमाले नेता रायमाझीको पक्षमा पनि हस्ताक्षर अभियान चलाइएपछि रोचक मोड विषय पुगेको छ । लामिछाने र रायमाझीलाई अदालतले नै पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायालयको प्रक्रियालाई गिजोल्न रास्वपाले हस्ताक्षर अभियान चलाएको छ । अब रायमाझीका समर्थकले पनि न्यायालयलाई गिजोल्ने प्रयास गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया