पौडेलको समूहद्वारा झण्डै १६ करोड भ्रष्टाचार, हाई कम्युट इन्फ्रास्टक्चर खरिदमा घोटाला
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित छजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार आयोगले तत्कालीन कार्यकारी निर्देशक पौडेलसँगै सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिष्टिव्युसन नेपाल प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी बनाइ विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
पौडेलसहित उनीहरूविरुद्ध १५ करोड ८८ लाख ५० हजार विगो माग गरिएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडैलका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट आर्थिक वर्ष २०७६÷०७७ मा गुरूयोजना तयारी गरी हाई कम्युट इन्फ्रास्टक्चर खरिदका लागि स्पेसिफिकेसन तथा भ्याटसहित ३० करोड ९९ लाख ९९ हजार ९९९ रुपियाँको लागत अनुमान गरिएको थियो ।
लागत अनुमानपछि बोलपत्र आह्वान गर्दा वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रा.लि. कान्तिपथको भ्याटसहित ३० करोड ६५ लाख ५५ हजार ७६३ रुपियाँको बोलपत्र स्वीकृत भएको थियो । केन्द्र र वर्ल्ड डिष्ट्रिव्यसन नेपालबीच २०७६ माघ १५ गते सम्झौता भएको थियो ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देश रहेका पौडेलसहित प्रतिवादीहरूले आपसी मिलोमतोमा सार्वजनिक संस्थालाई हानी नोक्सानी पु¥याउने बदनियतले निर्धारित शर्त तथा मापदण्ड विपरीत २.१ एमजीएच जेठको गुणस्तरहीन प्रोसेसर रहेको स्टोरेज आपूर्ति गरेको अख्तियारको ठहर छ ।
आयोगका अनुसार उनीहरूले झुट्टा कागजातहरू पेश गरी गराइ अस्वभाविक मूल्य कायम गरी १५ करोड ८८ लाख ५० हजार रुपियाँ भुक्तानी लिने÷दिने काम गरेको आरोप–पत्रमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ समेतको कसूरमा उनीहरूमाथि सजायको माग गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया