पीके क्याम्पसकी उत्पादन चन्द्राद्वारा एनआरएनए क्यानडाको अध्यक्षमा उम्मेदवारी घोषणा
टोरन्टो । युवा समाजसेवी चन्द्रा अधिकारी ‘चन्दा’ले आफ्ना ठोस योजनासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
चन्द्रा यसअघि एनआरएनए क्यानडाको महासचिव पदमा कार्यरत थिइन् । सन् २०२५–२७ कार्यकालको लागि चन्द्राले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएकी छिन् ।
निर्वाचित भएमा १८ वर्षको इतिहासमा चन्द्रा एनआरएनए क्यानडाको पहिलो महिला अध्यक्ष हुने छिन् । उनले भनिन्, ‘म सामुदायिक केन्द्र स्थापनादेखि नेपालमा लगानी भित्र्याउने, नेपाल–क्यानाडा व्यापार विस्तार गर्ने, र सरकारले बेवास्ता गरेका नेपालीहरूका लागि आवाज बुलन्द गर्ने योजना लिएर आएको छु ।’
चन्द्राले क्यानडा सरकार र नेपाली समुदायबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएकी छिन् ।
चन्द्राले क्यानडा सरकारबाट दुई वटा उच्च सम्मान प्राप्त गरिसकेकी छिन् । चन्द्रा श्रीमान् र दुई सन्तानसहित ग्रेटर टोरन्टो एरिया अन्तर्गत मिसिसागामा बस्दै आएकी छिन् ।
यौन हिंसा व्यहोरेकी छात्रा वा जागिर खोज्दै गरेका नेपाली विद्यार्थी, चन्द्रा र एनआरएनए क्यानाडा टिमले सक्दो सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताइन् ।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी चन्द्रा स्याङ्जाको चापाकोट–८, शाखरमा जन्मिएकी हुन् । पद्म कन्या क्याम्पस (पीके), बागबजारमा अध्ययनरत रहँदा चन्द्राले नेपाल विद्यार्थी संघमार्फत २०६२–६३ को आन्दोलनमा अग्र मोर्चामा रहेकी थिइन् ।
चन्द्राले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा एम.ए. तथा वाल्मीकि विद्यापीठबाट बौद्ध दर्शनमा आचार्य गरेकी छिन् ।
सन् २०१८ मा क्यानडा आएपछि कोभिड–१९ महामारीको समयमा चन्द्राले नेपाली विद्यार्थी, आप्रवासी र असहायहरूका लागि खाना, औषधि र आवश्यक सामग्री लिएर अग्र मोर्चामा काम गरेकी थिइन् ।

विगत पाँच वर्षमा उनले क्यानाडामा रहेका नेपाली विद्यार्थीहरूको स्वास्थ्य, बसोबास, मानसिक अवस्था र कानुनी अवस्थाका विषयमा समाधान खोजी गर्ने प्रमुख भूमिकामा आफूलाई प्रस्तुत गरेकी छिन् ।
एनआरएनए क्यानडाको महासचिवमा अत्यधिक मतसहित विजयी भएपछि चन्द्राको नेतृत्व झनै मजबुत बनेको चर्चा छ ।
कानूनी समस्यामा परेका नेपालीहरूलाई नेपाल फर्काउने, मृत्यु भएका विद्यार्थीहरूको शव व्यवस्थापन र मानसिक समस्या समाधानमा उनले देखाएको तत्परता उल्लेखनीय छ ।
चन्द्राले कोभिड १९ महामारीको बेला आफ्नो समुदायको सेवा गरेकोमा महारानी एलिजाबेथ कम्युनिटी भोलेन्टियर अवार्ड प्राप्त गरिन् । उनले किङ्ग चार्ल्स कोरोनेसन अवार्ड पनि प्राप्त गरिन् ।
आउँदो २० जुलाईमा हुन गइरहेको एनसीसी क्यानडाको चुनावमा सबै साथीहरूको सहयोग पाउने उनले विश्वास लिएकी छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया