एमालेले छिर्न नदिएपछि बामदेव एसमा समाहित, सांसद पद फुत्किनु अगाडि सुरक्षित अवतरण
काठमाडौं । एमालेमा फर्किन प्रयास गरेका राष्ट्रिय सभाका सांसद बामदेव गौतम नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित हुने भएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) र वामदव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको हो ।
अध्यक्ष नेपाल र संयोजक गौतमले पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा दुई नेताले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए ।
दुई पार्टी एकता भएको घोषणा साउन २ गते गर्ने सहमति भएको छ । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले गौतमलाई रुचाउँदैनन् । गौतम जहाँ जान्छन् त्यहाँ भाँडभैला गर्छन् भन्ने मान्यता रहेको छ । राष्ट्रिय सभामा मनोनीत सांसद भएका गौतमका कार्यकाल एक मुस्किलले दुई महिना बाँकी छ । सांसद पद फुत्किनुभन्दा अगाड गौतमले माधव नेपालको पार्टीमा प्रवेशको रणनीति बनाएका छन् ।
‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम सहितका नेताहरूवीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो,’ दुई नेताले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया