एघार पटकसम्म मन्त्री मगरको ललितपुरमा निधन

काठमाडौं । पूर्वमन्त्री बालाराम बलबहादुर घर्ती मगरको ८७ वर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता समेत रहेका मगरको शुक्रबार बिहान १०ः३० बजे ललितपुरको ग्वार्खोस्थित रहेको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

रोल्पामा जन्मिएका मगर विभिन्न चरणमा गरेर ११ पटक मन्त्री भएका थिए । आफ्नो कार्यकालमा स्वच्छ छवी बनाएका मगर सादगी नेताका रुपमा पनि चिनिन्छन् ।

११ पटक मन्त्री भएका मगरले आफू पदमा रहँदा सधैं जनमुखी कामलाई प्राथमिकता दिए । भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सक्रिय उनी राजनीतिक यात्रा इमानदारी, पारदर्शिता र निष्ठाले भरिएको नेताका रुपमा परिचित छन् ।

Published : Friday, 2025 July 11, 1:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया