पूर्वमुख्यमन्त्रीले गरेर कारबाहीबारे खुलासा, गगन समूहबाटै भएकाे थियाे विनोद चौधरीको बचाउ
काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेशका सांसद एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद विनोद चौधरीको गतिविधिप्रति कडा टिप्पणी गरेका छन् ।
अरबपति चौधरीले कांग्रेसमा गरेको क्रियाकलाप र हर्कतको कार्कीले बिहीबार सामाजिक सञ्जालमार्फत प्रेस नोट जारी गरेर विरोध गरेका हुन् । महामन्त्री गगन थापा र विनोद चौधरीबीचको अपवित्र गठबन्धन तथा हर्कतप्रति संकेत गर्दै पूर्वमुख्यमन्त्री कार्कीले कांग्रेसलाई व्यापारीकरण नगर्न सचेत गराएका छन् ।
पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘कुनै समूह वा व्यक्ति चौधरी ग्रुपमा गए पनि समग्र कांग्रेस चौधरी ग्रुप हुन सक्दैन ।’
‘स्वयम् कृष्णप्रसाद कोइराला भन्सारको ठेकेदार हुनुहुन्थ्यो सर्वस्व गएको हो । चन्दा के बात करते हो,’ कार्कीले भनेका छन् ।
‘सुवर्णशम्शेरले सम्पत्ति पार्टीलाई दिएर पार्टीमा समाहित भएर राणा शासन फाल्ने अभियानमा लाग्नु भएको हो,’ कार्कीले भने, ‘पार्टीमा लामो योगदान भएकाहरू पनि सानो लोभले राजनीतिक जीवन कलंकित बनाएका छन् ।’
‘पार्टीले व्यापार र व्यावसायीको संरक्षण गर्नुपर्छ तर, व्यापारीकरण गर्न प्रयत्न गरे सहन सकिन्न । अहिलेको कारवाही पूर्वाग्रही र व्यापारीकरणको पाइला हो,’ कांग्रेस नेता कार्कीले भनेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विनोद चौधरीले पैसाको अहँकार र घमण्ड देखाउँदै कांग्रेसलाई चन्दा दिएर आएको अभिव्यक्ति दिएपछि आलोचना हुँदै आएको छ । विनोद चौधरीको बचाउमा महामन्त्री गगन थापा निकटका प्रकाश रसाईली लगायतका नेताहरूले अभिव्यक्ति दिएका थिए । नेता शेखर कोइरालाविरुद्ध विनोद चौधरीले अभिव्यक्ति दिएका थिए ।
महामन्त्री थापाकै सहयोग र संरक्षणमा शेखर कोइराला निकटका नेताहरूलाई कारबाही गर्न विनोद चौधरीले दवाव दिएको आरोप शेखर समूहको छ ।
कार्यसमितिको बैठकमा महामन्त्री थापाले पनि नेताहरूबाट अनुशासनहीन कार्यहरू भएको भन्दै कारबाहीको संकेत गरेका थिए । त्यसको केही समयपछि विनोद चौधरीले नरुचाएका र कांग्रेसबाट निकाल्न खोजेका नेताहरूलाई पार्टीबाट निस्काशनसहितका निर्णयहरू तथा कारबाही भएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया