परराष्ट्रमन्त्री डा.राणालाई बर्लिनस्थित दूतावासमा स्वागत, प्रवासी नेपालीको हितमा काम गर्ने प्रतिवद्धता
बर्लिन । परराष्ट्रमन्त्री डा.आरजु राणालाई जर्मनीस्थित नेपाल राजदूतावासमा स्वागत गरिएको छ ।
जर्मनीस्थित नेपाली राजदूत निवास, बर्लिनमा डा.राणालाई विशेष स्वागत कार्यक्रमको तथा भेटघाट आयोजना गरिएको प्रेस नोटमा उल्लेख छ ।
त्यस अवसरमा जर्मनीका लागि जर्मनीका लागि नेपाली राजदूत डा.शैल रूपाखेती, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक सभापति दिल गुरुङ, समितिका सभापति शिखर खड्का, समितिका महामन्त्री सिजन दाहाल तथा जर्मनीमा क्रियाशील अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा परराष्ट्रमन्त्री डा.राणासँग विशेष भेटघाट सम्पन्न भएको थियो ।
भेटघाटका क्रममा परराष्ट्रमन्त्री डा.राणाले जर्मनी तथा यूरोपमा स्थायी, अस्थायी तथा अध्ययन, रोजगारी, व्यवसाय आदि प्रयोजनमा रहेका नेपालीहरूका विषयमा चासो व्यक्त गरेकी छिन् । उनीहरूको हक, अधिकार, संरक्षण तथा कल्याण तथा शिप, क्षमता र ज्ञान नेपालसँग जोड्नका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता परराष्ट्रमन्त्री डा.राणाले व्यक्त गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले दोहोरो नागरिकता तथा प्रवासी नेपालीका हकहितसँग सम्बन्धित मुद्दाहरूमा सरकार गम्भीर रहेको र निकट भविष्यमा ठोस निर्णय हुने अपेक्षा समेत व्यक्त गरेकी छिन् ।
‘जर्मनीमा रहेका नेपाली समुदायसँग सम्बन्ध सुदृढ गर्दै आपसी विश्वास, सम्मान र सहकार्यलाई अझ प्रगाढ बनाउने अवसरको रूपमा यो भ्रमणलाई लिएको छौं,’ नेपाली जन सम्पर्क समिति जर्मनीका महामन्त्री सिजन दाहालले भनेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया