लेखा अधिकृत शर्माको झण्डै दश करोडको सत्तपत्ति, पत्नीको नाममा लुकाए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बुधबार आयोगले शर्माविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । शर्मा र उनका परिवारका सदस्यले ९ करोड ६६ लाख ८० हजार ६२० रुपियाँ ४७ पैसा खर्च र लगानी गरेकोमा ३ करोड ३९ लाख ८७ हजार ४९० रुपियाँ ६५ पैसा रकम गैर कानूनी रुपमा आर्जन गरेको भेटिएको आयोगले जनाएको छ ।

सार्वजनिक सेवामा रहेर गैरकानूनी सम्पत्ति आर्जन गरेको र उच्च जीवनयापन गरेको पुष्टि भएपछि शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत अभियोग लगाउँदै मुद्दा दायर गरिएको छ । शर्माले आफ्नो पत्नी हुमाकुमारी उपाध्यायको नाममा पनि अवैध सम्पत्ति राखेको पाइएको छ ।

पौडेललाई २०५४ सालदेखि २०८० सालसम्मको जागिरे जीवन अवधिमा बिभिन्न अस्वाभाविक अकुत सम्पत्ति कमाएको भेटिएको छ ।

अनुसन्धानका क्रममा उनले पारिश्रमिक, भत्ता, जग्गा बिक्री, कृषि आय, शेयर बिक्रि, बैंक ऋण फिर्ता जस्ता विभिन्न स्रोतबाट ठूलो रकम आर्जन गरेका छन् ।

शर्माको खर्च र लगानीको विश्लेषण गर्दा, उनले घरजग्गा खरिद, शैक्षिक खर्च, सवारी साधनको खरिद, सुन र बहुमूल्य धातुका गहना खरिद र विभिन्न व्यक्तिहरूसँग ऋण सापटीको लेनदेनमा ठूलो रकम खर्च गरेको देखिन्छ ।

यो सब कुरा मिलाएर, यस तथ्यको पुष्टि भएको छ कि शर्मा र उनका परिवारले जाँच अवधिमा नौ करोड छैसठ्ठी लाख रुपियाँभन्दा बढी रकम खर्च गरेका थिए ।

Published : Wednesday, 2025 July 9, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया