भिसामा कैफियत भएपछि क्रोएसियाबाट ११ जना नेपाली विमानस्थलबाटै निष्कासन

काठमाडौं । युरोपको क्रोएसिया देश पुगेका ११ जना नेपाली निष्कासनमा परेका छन् ।

क्रोएसयाले भिसामा कैफियत देखिएपछि नेपालीहरूलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइदिएको हो ।

फिर्ता पठाइनेमा गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, अमितकुमार विश्वकर्मा, लक्ष्मण मगर, मनीषा कार्की सुब्बा, उपेन्द्रप्रसाद वली र अतित तामाङ रहेका छन् ।

उनीहरूलाई फ्लाई दुबईको विमानबाट बुधबार काठमाडौं फर्काइएको बुझिएको छ । उनीहरू कामदार भिसामा असार २१ गते क्रोयसिया प्रस्थान गरेका थिए ।

Published : Wednesday, 2025 July 9, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया