कांग्रेसको क्रियाशील सदस्यता असोज मसान्तपछि अध्यावधि नहुने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि थप गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार असोज मसान्तभित्र क्रियाशील सदस्यताको विवरण अनिवार्य रुपमा अध्यावधि गर्न भनिएको छ ।

‘क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोकिएको छ,’ कांग्रेसले भनेको छ ।

‘सो अवधिभित्र पेश नभएका नवीकरण सम्बन्धी नामावली १५औं महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) गरिने छैन,’ विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2025 July 9, 1:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया