सहकारीको ५ लाखसम्म रकम फिर्ता गर्न कांग्रेसको प्रस्ताव, ठूला ठगहरूलाई कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलन र दुरुपयोग गरि बचतकर्तालाई बिचल्ली बनाउने सञ्चालक र ठगहरूलाई कारबाहीको माग गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिअनुसार कांग्रेसले बचतकर्ताको ५ लाखसम्मको रकम फिर्ताका लागि आग्रह गरेको छ ।
‘कतिपय सहकारी संचालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई रु. ५ लाखसम्मको रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा कुनै विलम्व नगरी प्रकृयामा रहेका सबै मुद्दाहरु चाडै टुङ्गो लगाउन र दोषी देखिएकालाई यथाशीघ्र कानूनी दायरामा ल्याई समस्याको दीर्घकालिन समाधान गर्न आवश्यक रणनीतिक कदम चाल्न समेत सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
ठूला सहकारीका सञ्चालकहरू रकम अपचलन, ठगी र पहुँचको भरमा फरार छन् । गितेन्द्रबाबु राई (जीबी), भरत महर्जन लगायतका शक्तिशाली ठगहरू विदेशमा लुकेर बसेका छन् । जीबी राईका पार्टनर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् ।
कांग्रेसले सहकारीको समस्या समाधान र बचतकर्ताको रकम फिर्ताका लागि कांग्रेसले निर्णय गरेपछि तनाबमा रहेका बचतकर्ताहरूलाई केही राहत मिलेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया