बागमती कांग्रेसका सभापति बानियाँद्वारा हराइरहेकाहरूको खोजी र उद्धारका लागि अपील
काठमाडौं । नेपाली कांग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
मंगलबार सभापति बानियाँले विज्ञप्ति जारी गरेर यथाशीघ्र रसुवाको जोखिम क्षेत्रका स्थानीयहरूलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न अपील गरेका हुन् । ‘बाढीबाट प्रभावित रसुवा लगायत प्रभावित क्षेत्रका नेपाली कांग्रेसका स्थानीय, क्षेत्रीय, जिल्ला, प्रदेश तहका विभिन्न जिम्मेवारीमा रहनु हुने साथीहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, सदस्य एवम् सम्पूर्ण सांगठनिक संरचनाका साथीहरूलाई प्रभावित क्षेत्रमा पुगी सम्पर्क बिहीनहरूको खोजी, प्रभावितको उद्धार तथा राहतमा खटिएका तीन तहका सरकारी संयन्त्रलाई विशेष सहयोग गर्दै बाढीमा परेका र पर्न सक्ने थप जोखिमका क्षेत्रको पहिचान गर्दै सुरक्षित क्षेत्रमा स्थानान्तरण गराउने कार्यमा यथाशीघ्र खटिन नेपाली कांग्रेस बागमती प्रदेश अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
सभापति बानियाँले बाढीका कारण १८ जना सम्पर्क बिहीन रहेको भन्दै खोजी र उद्धारका लागि अपील गरेका छन् । उनले विपदका कारण सरकारी, सामुदायिक र व्यक्तिगत गरी ठूलो भौतिक सम्पत्तिमा क्षति पुग्नुका साथै नेपाल–चीन जोड्ने सडक अबरुद्ध भएको जनाएका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया