बाग्दुला-मच्छी सडक र लुङ-तुषाराकोट पुलमा मन्त्री राणाको पहलमा १७ करोड स्रोत सुनिश्चित
विमलप्रसाद पोखरेल
प्यूठान । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार प्यूठानको बाग्दुला–मच्छी बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपियाँको स्रोत सुनिश्चित भएको छ ।
मन्त्री राणाको निर्देशनमा सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको जनाइएको छ ।
लुङ दोभान हुँदै तुषाराकोट जोड्ने पक्की पुल निर्माणका लागि १२ करोड १५ लाख ६७ हजार १६ रुपियाँ बजेट स्वीकृत भई स्रोत सुनिश्चित भएको छ ।
दुबै योजना सडक पूर्वाधार विकास कार्यालय, खलंगा प्यूठानमार्फत कार्यान्वयनमा आउनेछ । स्रोत सुनिश्चितता र प्रक्रिया अगाडि बढेसँगै निर्माण कार्य छिट्टै सुरु हुने अपेक्षा गरिएको छ ।
मन्त्री राणाले यसअघि सार्वजनिक रूपमा यी आयोजनाहरूका लागि पहल गर्ने वाचा गरेका थिए, जुन अब कार्यान्वयनको चरणमा पुगेको छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया