रसुवाको बाढीपीडितकाे उद्धार र राहतमा खटिन कांग्रेस सभापति देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रसुवाको भोटेकोशी लगायत क्षेत्रमा आएको बाढिको क्षतिप्रति गरिहो दुख व्यक्त गरेका छन् ।

मंगलबार देउवाले सामाजिक संजाल मार्फत रसुवाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्धार र राहतमा खटिन पनि अपील गरेका हुन् । ‘रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु । बाढि प्रभावित क्षेत्रमा उद्दार र राहतलाई प्रभावकारी रुपमा तत्काल अघि बढाउन सरकारलाई अनुरोध गर्दछु’ देउवाले, भने ‘साथै नेपाली कांग्रेसका स्थानिय नेता तथा कार्यकर्ता लगायत सबैलाई उद्दार र राहतमा जुट्न अपील गर्दछु।’

Published : Tuesday, 2025 July 8, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया