प्रधानमन्त्री ओली र सभापति देउवाबीच आकस्मिक भेट, दाेस्राे तहका नेताहरू पनि सहभागी

काठमाडौं । रसुवामा भएको ठूलाे क्षतिका विषयमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच कुराकानी भएको छ ।

मंगलबार बालुवाटार ओली र देउवाबीच रसुवामा बाढीले गरेको क्षति, उद्वार र राहतका विषयमा कुराकानी भएको बुझिएको छ । ओली र दाहालबीच समग्र राजनीतिका विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् ।

Published : Tuesday, 2025 July 8, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया