एमालेका नेता एवम् परिषद अध्यक्ष साह कीर्ते प्रकरणमा पक्राउ
जनकपुर । हस्ताक्षर कीर्तेको अभियोगमा एमालेका नेता समेत रहेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शीतल साहलाई प्रहरीले पक्राउ गरेको छ ।
कीर्तेको मुद्दा दर्तापछि साह फरार रहेका थिए । साहलाई सोमबार जनकपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी प्रवक्ता (डीएसपी) बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
परिषदका कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर नक्कल गरी कर्मचारी बर्खास्त गरिएको उजुरीपछि साहविरुद्ध अनुसन्धान सुरु भएको थियो ।
साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए ।
निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा कीर्ते तथा जालसाजीको उजुरी दिएपछि विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा कीर्ते गरेको पुष्टि भएको थियो ।
नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा परिषदका अध्यक्ष नियुक्त भएका साह केही समयअघि पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया