हुण्डीको रकमसहित वीरगञ्जमा प्रभु साह पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकम सहित एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

असार ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट प्रहरीले हुण्डीको रकम नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी ईनर्वा, पर्साबाट खटिएको नियमित चेकिङ टोलीले चेकजाँज गर्ने क्रममा साईकलमा सवार भारत, बिहार जिल्ला मोतीहारी थाना रक्सौल वडा नं.१७ बस्ने वर्ष ५० को प्रभु साहलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साईकल चलाइ वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा साहलाई खानतलासी गर्दा ३ लाख ४६ हजार बरामद भएको छ ।

साहलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याइ साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ३ म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।

Published : Sunday, 2025 June 22, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया