जेलमा जाने पार्टीका सभापति संसदीय दलकाे नेता बस्नुपर्ने, कांग्रेसलाई नैतिकता सिकाउने : जीतजंग बस्नेत

सांसद बस्नेतले राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरू आज हेरौंन उनीहरूका महलहरू ।’

‘पञ्चका महलहरू हेरौंन काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बस्नेतले रास्वपालाई नैतिकताको पाठ पढाउनुपर्ने बेला भएको बताए ।

बस्नेतले भने, ‘तपाईंहरूको पार्टी सभापतिलाई मुद्दा लगाएको छ । पार्टी सभापति जेलमा हुनुहुन्छ ।’

‘जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ?,’ बस्नेतले भने, ‘अनि हामी नेपाली कांग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो ?’

सांसद बस्नेतले राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरू आज हेरौंन उनीहरूका महलहरू ।’

‘पञ्चका महलहरू हेरौंन । आज सम्पत्ति उनीहरूको जाँच्नुपर्ने हो,’ बस्नेतले भने ।

उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौं । अब राजा आउन सक्दैन,’ उनले भने ।

‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ,’ कांग्रेस सांसद बस्नेतले भने ।

राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरूलाई पनि उनले व्यंग्य गरेका छन् । बस्नेतले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरु चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला ।’

‘सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने ? विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ,’ सांसद बस्नेतले भने ।

Published : Thursday, 2025 June 19, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया