सभापति देउवाद्वारा विभागका प्रमुख भट्टराईको सिफारिसमा राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागमा सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको सिफारिसमा सभापति देउवाले विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा विजयराज आचार्य (कास्की), डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर), गोपालप्रसाद पोख्रेल (सुनसरी), अर्जुन साह (सप्तरी), थम्मनबहादुर खत्री (गुल्मी) रहेका छन् ।
रामबहादुर रोकाह (डोटी), मक्करबहादुर रावल (मुगु), गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके) र तीर्थराज खनाल (झापा)लाई विभागको सदस्यमा मनोनयन गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया