लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवम् कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै शहीद, घाइतेहरूको स्मरण गरेका छन् ।
बिहीबार कार्यवाहक सभापति खड्काले शुभकामना सन्देश जारी गरेर भने, ‘राष्ट्रिय स्वाधिनता र नागरिक अधिकारका लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने बीर शहीदहरूप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र वलिदानको स्मरण र सम्मान गर्दै उहाँहरूप्रति म हृदयदेखि नै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’
उनले भने, ‘वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि २०६२/०६३ मा नेपाली कांग्रेसको नेतृत्वमा अन्य राजनीतिक दलहरू समेतद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो ।’
‘यो परिवर्तनसँगै मुलुकमा नेपाली जनताको इच्छा र चाहना अनुरुप आफ्ना जनप्रतिनिधिद्वारा संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भई कार्यान्वयन भैसकेको छ’, खड्काले भने ।
‘यो संविधानको सुदृढीकरण गर्दै मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ’, उपसभापति खड्काले भने ।
‘युगान्तकारी परिवर्तन गर्ने वैशाख ११ को यो ऐतिहासिक दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ’, उपसभापति खड्काले भने ।
उनले भने, ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग र सचेत रहन म आग्रह गर्दछु ।’
‘यो ऐतिहासिक दिनका अवसरमा बीर योद्धाहरूको साहस, संकल्प र वलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं’, उपसभापति खड्का ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया