कश्मीरमा भएको आतंकवादी हमलाको परराष्ट्रमन्त्री डा.राणाद्वारा कडा शब्दमा निन्दा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको कश्मीरको पहलगाममा भएको जघन्य आतंकवादी हमलाबाट स्तब्ध भएको भन्दै गहिरो दुःख व्यक्त गरेकी छिन् ।

बुधबार परराष्ट्रमन्त्री डा.राणाले प्रेस नोट जारी गरेर भनेकी छिन्, ‘हामी आतंकवादको यो कार्य र निर्दोषहरूको ज्यान लिने अर्थहीन हिंसाको कडा शब्दमा निन्दा गर्छौं ।’

‘यस कठिन समयमा हाम्रो साथ, समर्थन पीडितहरू र उनीहरूका परिवारहरूसँग छ’, उनले भनेकी छिन्, ‘हामी घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौं ।’

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘नेपाल यो दुःखको समयमा भारत सरकार र भारतीय जनतासँग दृढ ऐक्यबद्धतामा उभिएको छ ।’

भारतको कश्मीरमा भएको आतंकवादी आक्रमणमा १ कम्तीमा पनि २६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

Published : Wednesday, 2025 April 23, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया